हेटौँडा । नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) मकवानपुरको नेतृत्व अब भीमबहादुर थापाले सम्हालल्ने भएको छ । संघको १२ औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनबाट अध्यक्षको जिम्मेवारी थापालाई दिएको हो ।
शनिबार भएको सभाले थापाको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो । संघको उपाध्यक्षमा सुशील पौडेल, महिला उपाध्यक्षमा रजिना लामा, महासचिवमा सन्तोष चौलागाई, सचिवमा सपना बराल, कोषाध्यक्षमा माधव सुवेदी चयन भएका छन् ।
यसैगरी, समितिको सदस्यहरुमा क्रमशः सन्तोष पौडेल, राजेन्द्र कुईकेल, अम्बिका चालिसे, दीया क्षेत्री, संचिता रिजाल, तेजनाथ कोइराला (विपिन), अनिल खड्का, सपना राई, सम्झना नेपाल, किरण महत्तो, कमल तिमल्सिना चयन भएका छन् ।
संघका अध्यक्ष लेखनाथ गैह्रेको सभाध्यक्षता तथा युनिकम नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रविन भुषालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल वितरक महासंघका केन्द्रीय सल्लाहकार विजय कुमार श्रेष्ठ, युनिकम नेपालका सल्लाहकार दामोदर पाठक, मउवा संघका सदस्य भुपेन्द्र अधिकारी, युनिकम नेपालका अर्गनाइजर रमेश तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।
व्यापारिक क्षेत्रका काम गर्ने कर्मचारीहरुको साझा संस्थाको रुपमा रहेको युनिकम नेपालले शनिबार बनभोज कार्यक्रमसहित सभा र अधिवेसन गरिएको अध्यक्ष गैह्रेले जानकारी दिए ।















