एमाले ११औँ महाधिवेशन: मकवानपुर–१ मा चुनावी प्रतिस्पर्धा, क्षेत्र–२ मा सर्वसम्मत नेतृत्व चयन

हेटौँडा । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि मकवानपुरका दुबै निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन भएका छन्। क्षेत्र नम्बर–१ मा मतदानमार्फत प्रतिनिधि चयन गरिएको छ भने क्षेत्र नम्बर–२ मा भने सबै प्रतिनिधि निर्विरोध रूपमा टुंगिएका छन्।

आइतबार बिहान आएको आधिकारिक मतपरिणामअनुसार, मकवानपुर–१ मा सर्वसाधारणतर्फ नवीन सिग्देल, सुनील मोक्तान, फुर्बा दोर्जे लामा र अणराज जर्गा मगर विजयी बनेका छन्।

त्यस्तै, महिला प्रतिनिधितर्फ आरती पाठक, सीता विष्ट र विना कुमारी थिङ चयन भएका छन्। युवा प्रतिनिधितर्फ बोल बहादुर कार्की विजय हुँदै महाधिवेशन प्रतिनिधिमा परेका छन्। यस्तै, दलित तर्फ देवकृष्ण बिक पनि प्रतिनिधि बनेका छन्।

उता मकवानपुर–२ मा भने कुनै प्रतिस्पर्धा नभई सबै प्रतिनिधि निर्विरोध चयन भएका छन्। निर्विरोध हुनेहरूमा बलराम बल, एकलाल श्रेष्ठ, हिदम लामा, बिदुर हुमागाई, सुमित्रा काफ्ले, भगवती पुढासैनी, गिता प्रजा र रोहण लामा रहेका छन्।

यसैबीच केही समयअघि दुर्घटनामा परेर उपचाररत रहेका एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल भने महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। उनले अस्पतालमै रहँदै वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए।

एमाले ११ औँ महाधिवेशनका लागि मकवानपुरका दुबै क्षेत्रका प्रतिनिधि चयनसँगै अब जिल्ला नेतृत्व पनि महाधिवेशन प्रक्रियामा सक्रिय रूपमा सहभागी हुने तयारीमा छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.