हेटौंडा । नेपाली कांग्रेस मकवानपुर जिल्ला कार्यसमितिको पूर्ण बैठक बस्ने भएको छ । यही मंसिर १२ गते पूर्ण बैठक बस्ने भएको हो ।
बैठकमा जिल्ला पदाधिकारी तथा सदस्यहरू, प्रदेश कार्यसमिति सदस्यहरू, संघीय एवम् प्रदेश क्षेत्रीय सभापतिहरू, महासमिति प्रतिनिधिहरू तथा जिल्लाभित्रका सबै पालिकाका सभापति, निर्वाचित पालिका अध्यक्ष तथा उपाध्यक्षहरूको उपस्थिति रहने जिल्ला पार्टी सभापति बुद्ध लामाले बताए ।
उनका अनुसार बैठक ईन्द्रसरोवर गाउँपालिका १ मार्खुको सिम्लाङमा रहेको डी लेकसाइड होटलको सभाहलमा बिहान ११ः३० बजे सुरु हुनेछ । बैठकमा संगठन सुदृढीकरण, आगामी कार्यक्रम तथा राजनीतिक परिस्थिति सम्बन्धी विषयमा व्यापक छलफल हुने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्















