मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–११ लेनडाडा नजिकैको कान्तिलोकपथ सडक खण्डमा बिहान ट्रक दुर्घटना भएर सडक अवरुद्ध भएपछी अहिले पुनः सुचारु भएको छ ।
मकवानपुर प्रहरीले जनाएअनुसार आज बिहान करिब ४:४५ बजे बारा जिल्लाबाट परालको भुस लोड गरी काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००२ ख १३६५ नम्बरको मिनि ट्रक सडकको खाल्डाखुल्डीमा चिप्लिएर अनियन्त्रित भई बिच सडकमा पल्टिएको थियो ।
घटनापछि बाटो पूर्ण रूपमा अवरुद्ध भएपनि अस्थाई प्रहरी पोस्ट जितपुरभज्याङबाट प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासीको सहयोगमा ट्रकलाई साइडमा लगाइ सडक सुचारु गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मानवीय क्षति नभएको र अहिले उक्त सडकखण्डमा सवारी आवागमन सामान्य रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्















