फागुन २१ को निर्वाचनका लागि कार्यतालिका स्वीकृत

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत भएको छ । निर्वाचन आयोगले सोमबार उक्त निर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरेको हो ।

जसनुसार, मंसिर १ देखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछ भने माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । आयोगले फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको लागि र फागुन २१ गते मतदानको लागि समय तोकेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार, निर्वाचनको दिन फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ र मतपेटिका सङ्कलनपछि मतगणना सुरु हुनेछ । यस्तै, समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८–१९ गते बन्दसूची पेस हुने कार्यतालिका रहेको छ ।

हेर्नुहोस् विज्ञप्ति ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.