हेटौँडाको चुरियामाईमा नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते, तीनको अवस्था गम्भीर

तस्बिरः जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्राप्त ।

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर १५, स्थित आज दिउँसो नेपाली सेना सवारी ट्रक दुर्घटना भएको छ ।

मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थितमा नं. २ राजदल गण तनहुँबाट हेटौँडा हुँदै धनुषातर्फ जानको लागि आउँदै गरेको लु १ ग २८० नं.को ट्रक सिमानाको पुलबाट अन्दाजी १२ फिट तल खोल्सामा खसि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, उप सेनानी हर्ष बिक्रम अधिकारीको कमाण्डमा ४ वटा नेपाली सेनाका ट्रक छुटेकोमा उक्त नम्वरको ट्रक दुर्घटना भएको हो । सो दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । उक्त ट्रकमा ९२२ जना सवार रहेका थिए ।

तस्बिरः जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्राप्त ।

तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र घाइतेहरुलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय पशुपतिनगर, प्रहरी चौकी रातोमाटे र इलाका प्रहरी कार्यालय अंम्लेखगंज बाराबाट प्हरी टोली खटिइएको थियो । घटनाको बारेमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.