हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ हटियामा सोमबार दिउँसो करेन्ट लागेर एक युवक घाइते भएका छन् ।
करेन्ट लागेर भारत जिल्ला रौदास क्रही गाउँ बस्ने ३० वर्षीय सलमान खान घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
प्रहरीका अनुसार, शिवम् सिमेन्ट कम्पनी लिमिटेडमा कार्यरत खानले केबलको काम गर्ने क्रममा तार सट भई करेन्ट लागेको हो । घाइते भएका खानको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेको अवस्था मध्यम रहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

















