जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

file-photo

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनको क्रममा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

उनको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार, मृतक उनको पहिचान खुल्न बाँकी रहेको छ ।

उक्त प्रदर्शनमा परेर ७०–८० जना घाइतेको उपचाररत रहेका छन् । यस्तै, नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् ।

तीमध्ये नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेसमा कार्यरत कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो । नयाँ बानेश्वर क्षेत्रमा फोटो खिच्ने क्रममा प्रहरीले लागेको गोली लागेर घाइते भएको उनीहरुलाई उपचारको लागि सिभिल अस्पताल लगिएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.