कांग्रेस बागमती संसदीय दलको प्रवक्तामा लामिछाने

file-photo

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रवक्तामा सुरजचन्द्र लामिछाने नियुक्त भएका छन् । शनिबार बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लामिछानेलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो ।

पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका उनले गत साउन ९ मा तत्कालीन संसदीय दलका नेता रहेका बहादुरसिंह लामालाई अविश्वास प्रस्ताव दर्ताको क्रममा पदबाट राजीनामा दिएका थिए । उनीसहित अन्य ३ मन्त्रीले पनि राजीनामा दिएका थिए ।

राजीनामासँगै उनीहरू लामा विरुद्धको अविश्वास प्रस्तावको पक्षमा खुलेका थिए ।

यस्तै, यही साउन २७ मा हुने कांग्रेस संसदीय दलको बैठकले संसदीय दलका नेता एवम् प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विश्वासको मत दिन सांसदहरूलाई ह्विप जारी गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.