युनियनको सय दिने अभियान, १२ पासलाई मात्र सदस्यता दिइने

हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्रदान गर्ने उद्देश्यसहित एकसय दिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । श्रावण ४ गते आइतबार काठमाडौंमा सम्पन्न युनियनको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार उक्त अभियान सञ्चालन गर्न लागिएको नेपाल प्रेस युनियन मकवानपुर शाखा अध्यक्ष सुवास विडारीले जानकारी दिए ।

अभियानअन्तर्गत् कक्षा १२ उत्तीर्ण गरेका क्रियाशील सञ्चारकर्मीलाई मात्र नयाँ सदस्यता प्रदान गरिने अध्यक्ष बिडारीले स्पष्ट पारे । ‘पत्रकार पढेको हुँदैन भन्ने आरोप छ । हामीले अब कम्तिमा १२ पास भएकालाई मात्र सदस्यता वितरण गरेर आमसर्वसाधरणको भावनाको कदर गर्न लागेका हौं ।’, उनले भने । सोमबार हेटौंडा सम्पन्न नेपाल प्रेस युनियन मकवानपुरको कार्यसमिति बैठकले जिल्ला उपाध्यक्ष कपिल खड्काको संयोजकत्वमा ‘पत्रकारसँग युनियन’ अभियान समेत सञ्चालन गर्ने निर्णय गरेको हो । यस अवधिमा बैठकले केन्द्रीय निर्णय कार्यान्वयन गर्दै मकवानपुर जिल्लामा संगठन सुदृढीकरणका विविध कार्यक्रम अघि बढाउने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले प्रेस युनियन मकवानपुरका सहसचिव प्रबेश धिताल ‘कुन्दन’ लाई कार्यवाहक सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णयसमेत गरेको छ । युनियनका सचिव बलराम पुडासैनी हाल देश बाहिर रहेकोले संगठनको कार्यहरुलाई निरन्तर रुपमा गतिशिल र चलायमान रुपले सञ्चालन गर्न धिताललाई कार्यवाहक सचिवको जिम्मेवारी दिइएको हो ।

यसैगरी हेटौंडा सन्देश डटकमका कार्यकारी सम्पादकसमेत रहेका प्रेस युनियनकर्मी सोमलाल घालन ‘भुवन’ लाई कार्यसमिति सदस्यमा मनोनित गरिएको छ । नियन मकवानपुर शाखालेअनुशासनको कारवाहीमा परेर निष्कासित भएका सदस्यहरुलाई केन्द्रको सर्कुलर बमोजिम आत्माआलोचनासहित कारवाही फुकुवाको लागि शाखामा लिखित निवेदन दिन आव्हान समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.