बाघभैरव आधारभुत विद्यालयका बालबालिकाहरुलाई स्टेशनरी र खेलकुद सामाग्री सहयोग

मकवानपुर । बाघभैरव आधारभुत विद्यालयका गरिब तथा जेहेन्दार बालबालिकाहरुलाई स्टेशनरी र खेलकुद सामाग्री सहयोग गरिएको छ ।

ग्यालेक्सी बुक हाउसका प्रोपाइटर, युवा समाजसेवी तथा सफल व्यबसायी अमृत मगरले बकैया गाउँपालिका वडा नम्वर ४, ठूलोथलीस्थित उक्त विद्यालयका बालबालिकाहरुलाई १६ हजार रुपैयाँ बराबरको स्टेशनरी र खेलकुद सामाग्री सहयोग गरेका हुन् ।

शुक्रबार सम्पन्न कक्षा नर्सरीदेखि ८ सम्मका अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समितिलगायत सरोकारवालाहरु बिच अन्तरक्रिया तथा अभिभावक भेलाको अवसरमा उक्त स्टेशनरी र खेलकुद सामग्री सहयोग गरिएको हो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल बोम्जनको सभाध्यक्षता एवम् बकैया गाउँपालिका वडा नम्वर ४ का कार्यबहाक अध्यक्ष विजयकुमार भ्लोनको प्रमुख आतिथ्यतामा भएको हो ।

विद्यालयका शिक्षक सिङ्ग बहादुर सुनारले संचालन गरेको कार्यक्रममा अभिभावकहरु, विद्यालयका शिक्षक–शिक्षिक, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

साथै सो अवसरमा शैक्षिक सुधारका निम्ति टोल शिक्षा समिति गठन गरिएको छ । सुपत सिङ भोम्जनको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको हो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.