कर्मचारी निष्काशन विरुद्ध एसियन पेन्ट्समा मजदुरको प्रदर्शन

हेटौँडा । हेटौँडा औधोगिक क्षेत्रमा उत्पादन कारखाना रहेको बहुराष्ट्रिय कम्पनी एसियन पेन्टस्मा कर्मचारी निष्काशन गरेको बिरोधमा जिल्लाका सबै ट्रेड युनियन संघ–संगठनका नेताका उपस्थितिमा मजदुरहरुले प्रदर्शन गरेका छन् ।

उद्योग परिसरमा नारावाजी सहित गरिएको प्रदर्शनमा उक्त कर्मचारी पुनर्बहाली नगरे उद्योग बन्द गर्ने समेत चेतावनी दिएकाछन् छन् । उद्योगमा बिगत २५ बर्षदेखि कार्यरत अर्जुन ढकाललाई उद्योग प्रशासनले बिना कारण ४ महिना अगाडि निष्काशन गरेको भन्दै मजदुर आन्दोलित भएका हुन् ।

२०६५ साल बैसाख १ मा स्थायी नियुक्ति पाएका ढकाललाई उद्योग प्रशासनले बिना कारण निष्काशन गरेको मजदुर संगठनले आरोप लगाएका छन् । उद्योग प्रशासन श्रोतका अनुसार ढकालले अन्य कर्मचारी माथि हात पात गरेको आरोप लगाएको छ तर, कुटाई खाएका भनिएका कर्मचारीको मेडिकल रिपोर्टमा भने फरक बनाइएको छ । उद्योग प्रशासनले फर्जी मेडिकल रिपोर्ट बनाएको आरोप ट्रेड युनियनले लगाएको छ ।

उद्योगमामा कार्यरत ढकाललाई बिना कारण निष्काशन गरेपछि श्रम तथा रोजगार कार्यालयले उद्योग प्रशासनलाई निश्कासन नगर्नु भन्ने दिएको आदेश समेतलाई अटेर गर्दै उद्योग प्रशासन अगाडि बढेपछि मजदुर आन्दोलित भएको अखिल नेपाल औधोगिक मजदुर संगठनका नेता रामशरण घिमिरेले बताए । घिमिरेले श्रमिक माथि गरिने अन्यायको बिरुद्ध जुन सुकै आन्दोलन गर्न आफुहरु तयार रहेको बताए । उनले गलत श्रम अभ्यासको अन्त्यको माग गर्दै पुनर्बहाली नगरे निरन्तर आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

आन्दोलन कार्यक्रममा नेकपा माओवादी बागमती प्रदेश कमिटी सदस्य एवम् मकवानपुर फ्रयाक्सन इन्चार्ज बिबेक राई लगायत जिल्लाका मजदुर नेता तथा कार्यकर्ताले शान्तिपूर्ण तरिकाले गैरकानुनी रुपमा निश्कासन गरिएका मजदुरलाई पुनर्बहाली गर्न उधोग प्रशासनलाई अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.