बागमती प्रदेशसभा बैठकः चार विधेयकका प्रतिवेदन पेस

file-photo

हेटौँडा । बागमती प्रदेशसभाको आज बसेको बैठकमा चार वटा विधेयकका प्रतिवेदन पेस भएको छ । प्रदेश सभाको दोस्रो कार्यकालको छौटौं अधिवेशन बैठकको आज दोस्रो दिन संसदीय समितिमा विचाराधीन चार विधेयकका प्रतिवेदन पेस गरिएको हो ।

बैठकमा संसदीय समितिले दफावार छलफलपछि संशोधन प्रस्ताव पारित गरी तयार गरेको विधेयकका प्रतिवेदन पेस गरिएको हो । बैठकमा मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

यसैगरी, बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर प्रसाद ढकालले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

यस्तै, उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन, प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरे । त्यसअघि प्रदेशसभाको बैठक विशेष समयको कार्यसूची रहेको थियो । विशेष समयमा सांसदहरूले प्रदेश सरकारको कामकाज र विकास निर्माणको विषयबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.