काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले डा. पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।
गभर्नर छनोट सिफारिस समितिले पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको थियो । उनी राष्ट्र बैंकको १८ औँ गभर्नरमा नियुक्त भएका हुन् ।
आजै सर्वोच्च अदालतले पौडेलको नियुक्ति गर्न नहुने भन्दै परेको रिट र सो माथि भएको दरपिठ आदेशलाई सदर गरेसँगै पौडेललाई गभर्नरमा नियुक्ति गर्ने बाटो खुलेको हो । उक्त पद गत चैत २३ गतेदेखि रिक्त रहेको थियो ।
प्रतिकृया दिनुहोस्

















