हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १६ गौरीटारमा सडक भासिएर पुरिएका गाडीको पार्टपूर्जा भेटिएको छ ।
गत वैशाख १६ गते माछा बोक्ने ना ४ च ४८३३ नम्बरको बलेरो गाडी सडक भासिर पुरिएको थियो । उक्त गाडीको पार्टपूर्जा आज मंगलबार दिउँसो सवा १२ बजेको समयमा भेटिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालले जेसिबीको प्रयोग गरेर गाडीको खोजी गरिएकोमा गाडीका टुक्राहरु भेटिएको बताए । सडक भासिर हराएको उक्त गाडी निरन्तर खोजतलास गर्ने क्रममा वैशाख २३ गते र जेष्ठ २ गते भुगर्व विद्को समेत सहयोग लिएर गाडीको खोजी गरिएको थियो ।
भुर्गव विद्को टोलीले माटो परिक्षणको लागि लिई गएको, सतर्कता अपनाई उत्खनन् गरी सवारी साधन खोज तलास गर्न सकिने भनि स्थानीय जनपतिनिधिहरुलाई सल्लाह दिइएको थियो ।
वडा अध्यक्ष रामकृष्ण कोइरालाले गाडीका टायर, ढोका लगायतका पार्टपूर्जाह जेसिवी प्रयोग गरेर खन्दा १० मिटर तल ती पार्टपूर्जा भेटिएको हो । तर, पाटपूर्जा भेटिएपनि सिंगै गाडी भने निकाल्न नसकिएको वडाध्यक्ष कोइरालाले बताए ।

















