मकवानपुरको भीमफेदीमा मोटरसाइकल दुर्घटना, चालक गम्भीर घाइते

मकवानपुर । मकवानपुरमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

कुलेखानी–भीमफेदीमा–काठमाण्डौ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ६, स्थित जुरिखेतमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएको मकवानपु्रका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार, घाइते हुनेमा मोटरसाइकल चालक हेटौंडा–१८, ठुलोदमार बस्ने ४३ वर्षीय प्रदिप श्रेष्ठ रहेका छन् । दिउँसो साढे १ बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा ४५ प ३४६० नम्वरको मोटरसाइकल सडकको भित्तामा ठोकी दुर्घटना भएको भएको हो ।

दुर्घटनामा परेर श्रेष्ठको अनुहारमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । घाइते श्रेष्ठलाई उद्दार गरी हेटौंडा अस्पतालमा लगिएको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

उक्त दुर्घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.