बालगृह दिगोपनाको लागि अक्षय कोष स्थापना गर्न महायज्ञ हुने

हेटौँडा हेटौंडा–५ सिचाइ टोलस्थित हाम्रो घर बालगृह दिगोपनाको लागि अक्षय कोष स्थापना गर्ने उद्देश्यले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव हुने भएको छ । यही फागुन १ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव हुन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

ग्रामीण जीवनस्तर सुधार मञ्च मकवानपुरको आयोजनामा हाम्रो घर बालगृह दिगोपनाको लागि अक्षय कोष स्थापना गर्न श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको अध्यक्ष इन्दिरा न्यौपानेले बताए । पछिल्लो समय आर्थिक मन्दीको कारण बालगृह सञ्चालनमा समस्या हुने अवस्था आएपछि यसको दिगोपनाको लागि धार्मिक अनुष्ठान आयोजना गर्न लागिएको उनले बताए । फागुन १ गते बिहान ८ बजे गोरक्षश्वर मन्दिरबाट कलशयात्रा गरि सप्ताहको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

८ जना बालबालिका राखेर २०६५ सालदेखि सुरु गरिएको बालगृहमा अहिले २७ जना बालबालिकाले आश्रय लिईरहेका छन् । श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा युवा पण्डित रामचन्द्र तिमल्सिना र हरिचन्द्र तिमल्सिनाबाट कथा वाचन हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.