पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित
उपाध्यक्षमा ध्रुब अधिकारी र भावना रिजाल

हेटोंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित भएका छन् । १ सय १७ मतदाता संख्या रहेकोमा कुल १ सय ७ खसेको मतमा अधिकारीले ४५ मतका साथ निर्वाचित भएका हुन् ।

अधिकारीका निकटतम प्रतिद्वन्द्वी प्रेस सेन्टरकी उम्मेदवार अन्जली थापाले ३६ मत मात्र प्राप्त गर्न सफल भए । त्यसैगरी अध्यक्ष अन्य दुई प्रत्याक्षी पोष्टराज अधिकारी कुमारले २० र सुरेश श्रेष्ठले ३ मत प्राप्त गरे । अध्यक्षमा विजयी अधिकारी नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त गठबन्धनका उम्मेदवार हुन् ।

त्यस्तै, महासंघको खुला र महिलातर्फको उपाध्यक्षमा क्रमशः प्रेस सेन्टरका ध्रुब अधिकारी र भावना रिजाल विजयी भएकी छन् । खुला उपाध्यक्षतर्फ अधिकारीले ५५ मत प्राप्त गर्दा युनियन र चौतारीका गणेश दर्पण अधिकारीले ४९ मत प्राप्त गरे भने महिला उपाध्यक्ष पदकी उम्मेदवार रिजालले ५५ मत प्राप्त गर्दा चौतारी र युनियनकी उम्मेदवार प्रतीक्षा न्यौपानेले ४४ मत प्राप्त गरिन् ।

सचिव, कोषाध्यक्ष र समावेशी सहसचिवमा भने क्रमशः युनियन र चौतारीको गठबन्धनबाट केशव सुवेदी समर्पण, प्रदीप अधिकारी र सन्नु रिजाल देवकोटाले जित हात पारेकी छन् । सचिवमा समर्पणले ७३ मत प्राप्त गर्दा सेन्टर उम्मेदवार इन्द्र प्रसाद बन्जारा ‘रमेश’ले ३१ मत, कोषाध्यक्षमा अधिकारीले ५२ मत प्राप्त गर्दा सेन्टरका एमपी शर्माले ५१ मत पाए भने समावेशी सहसचिवमा सन्नुले ५८ मत प्राप्त गर्दा सेन्टरकी रुपा गुरुङले ४० मत प्राप्त गरिन् ।

खुल्ला सहसचिवमा समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाईंले ६५ मत प्राप्त गर्दै विजयी हासिल गरे भने उनका निकटतम प्रतिद्वन्दी प्रेस चौतारीका विवस अधिकारीले ३९ मत प्राप्त गरे । यसैगरी, सदस्य महिलातर्फ स्मिता अर्जेल (५५), सदस्य दलिततर्फ संजिव सुनार (५३), सदस्य आदिबासी जनजातितर्फ सानुमाया गुरुङ ‘निशा’ (५५) र सदस्य (मधेशी) तर्फ मनिल महतो निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, खुल्लातर्फको सदस्यमा सरोज पौडेल (६५), रविन ढुंगाना (५९), श्रीराम अर्जुन दहाल (५७), श्यामलाल दुलाल ‘गणेश’ (५३), सुमन दाहाल (५२), अनिल पराजुली (५१) र कृष्णा विष्ट ‘सुनिता’ (५०) विजयी भएका छन् । उता खुला केन्द्रीय परिषद् सदस्यमा नवराज शर्मा (५१) , सुजन बिडारी (४१) तथा कृष्णराम परियार समावेशीतर्फ निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश परिषद् सदस्यतर्फ भने सुनिल शिवाकोटी, कपिल खड्का, अनिष लुइँटेल, सरला अधिकारी, बलराम पुडासैनी र नवीन आले मगर निबिरोध निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.