भैंसे चेकपोईन्टबाट लागू औषध गाँजा सहित मिया पक्राउ

हेटौंडा । प्रहरीले लागु औषध गाँजा सहित एक जना नियन्त्रण लिएको छ । बुधबार मकवानपुर भिमफेदी गाउँपालिका भैंसे चेकपोईन्ट स्थित त्रिभुवन राजपथ सडकखण्डमा पालुङबाट हेटौडा तर्फ जादैँ गरेको प्र.न.३-०१-०२३च.८०४७ नं. को बोलेरो गाडीमा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएका छन्।

प्रहरीका अनुसार गाडी र गाडी चालक गोरखा जिल्ला साबिक असराङ गाविस वडा नम्बर १ हाल भिमसेन थापा गाउपालिका ६ नम्बर वडाका  २८ वर्षीय अमिर मियालाई नियन्त्रणमा लिइएको हो। यस्तै, जिल्ला अदालतबाट ४ दिन म्याद थप गरि अनुसन्धान भइरहेको बताइएको छ।

शंका लागरे चेकजाँच गर्दा उक्त गाडीको ढालामा राखिएको खाली क्रेटले लुकाई ल्याईएको ३० पोका अअन्दाजी १ सय ६० किलोग्राम आगु औषध गाँजा फेला पारेको प्रहरी जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.