हेटौंडा । मकवानपुर प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो करिब १२ः३० बजे हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित बुद्धचोकमा विशेष सूचनाका आधारमा खटिएको अस्थायी प्रहरी पोष्ट थानाभर्याङको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–४ बस्ने २० वर्षीया तनिषा देउला, सोही स्थानका २४ वर्षीय अनिष चौलागाईं र चितवनको रत्ननगर नगरपालिका–२ बस्ने १९ वर्षीय लोमस फुयाल रहेका छन् । शंकाका आधारमा उनीहरूको शरीर तथा साथमा रहेका सामानको रीतपूर्वक खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ५ ग्राम ४२० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।
लागूऔषधसहित नियन्त्रणमा लिइएका उनीहरूमाथि मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट लागूऔषध कसुर मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हेटौंडामा खैरो हेरोइनजस्तो पदार्थसहित तीन जना पक्राउ हेटौंडा ।
मकवानपुर प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार दिउँसो करिब १२ः३० बजे हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित बुद्धचोकमा विशेष सूचनाका आधारमा खटिएको अस्थायी प्रहरी पोष्ट थानाभर्याङको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–४ बस्ने २० वर्षीया तनिषा देउला, सोही स्थानका २४ वर्षीय अनिष चौलागाईं र चितवनको रत्ननगर नगरपालिका–२ बस्ने १९ वर्षीय लोमस फुयाल रहेका छन् । शंकाका आधारमा उनीहरूको शरीर तथा साथमा रहेका सामानको रीतपूर्वक खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ५ ग्राम ४२० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट लागूऔषध कसुर मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।














