चित्लाङ–थानकोट मार्ग जेठ १७ देखि ३० सम्म पूर्ण रूपमा बन्द हुने

मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको चित्लाङ–थानकोट मार्ग यही जेठ १७ गतेदेखि ३० गतेसम्म पूर्ण रूपमा बन्द हुने भएको छ ।

सडक निर्माण तथा सुधार कार्यलाई तीव्रता दिन उक्त सडकखण्डमा १४ दिनका लागि सवारी आवागमन बन्द गरिने सडक डिभिजन काठमाडौँले जनाएको छ ।

चित्लाङ–थानकोट सडकखण्डमा ढलान, कालोपत्र र टेवा पर्खाल निर्माणलगायतका काम भइरहेकाले सवारीसाधन सञ्चालन हुँदा निर्माण कार्यमा अवरोध पुग्ने तथा दुर्घटनाको जोखिमसमेत बढ्ने देखिएकोले सडक पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको हो ।

सडक डिभिजन काठमाडौँका अनुसार, १८ किलोमिटरमध्ये अझै करिब नौ किलोमिटर सडक सुधार हुन बाँकी रहेको छ । निर्माण कार्य तामाङ कन्स्ट्रक्सन प्रालि लगायतका निर्माण कम्पनीमार्फत सञ्चालन भइरहेको छ ।

निर्माण अवधिभर काठमाडौँको पानीघट्टदेखि चित्लाङ बजारसम्मको सडक खण्ड पूर्ण रूपमा बन्द रहनेछ । सो अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित निकायले आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.