बडादशैंले संयम, साहस र सहकार्यको प्रेरणासहित सबैलाई उर्जा प्रदान गरोस्ः प्रदेश प्रमुख देवकोटा

file-photo

हेटौँडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालीहरुको महानपर्व बडादशैंले संयम, साहस र सहकार्यको प्रेरणासहित सबैलाई उर्जा प्रदान गरोस् प्रदान गरोस् भनि कामना गरेका छन् । प्रदेश प्रमुख देवकोटाले शुभकामना सन्देश जारी गर्दै चुनौतीपूर्ण परिवेशलाई अवसरमा बदल्न दशैंले दिने संयम, साहस र सहकार्यको प्रेरणाले सबैलाई उर्जा प्रदान गर्नेमा विश्वास व्यक्त गरेका हुन् ।

उनले दशैं केवल पर्व मात्र नभई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको स्थापना र अन्धकारमाथि प्रकाशको उदयको अनन्त प्रेरणा भएको उल्लेख गरे । बडादशैं शक्तिको जागरण र आत्मबलको प्रतीक भएको भन्दै उनले यसले दृढ निश्चय, धैर्य र न्यायको रक्षा गर्ने अटल भाव जगाउने बताए ।

प्रमुख देवकोटाले फूलपातीदेखि विजयादशमीसम्मको यात्राले नेपाली समाजलाई आस्था, संस्कार र एकताको अनन्त धरोहरमा बाँध्ने काम गरेको स्मरण गरे । उनका अनुसार यो पर्व सत्य, धर्म र न्यायको विजयी क्षणलाई उजागर गर्दै समाजमा शान्ति, सहअस्तित्व र भ्रातृत्वको भावना फैलाउने विशेष अवसर हो ।

देश रुपान्तरणको संवेदनशील चरणमा रहेको प्रष्ट्याउँदै उनले हालैका आन्दोलन र जनधनको अपूरणीय क्षतिका कारण दशैंको उल्लासमा कमी देखिएको जनाए । दशैंको मुखमा यात्रुहरूले ठूलो सास्ती बेहोर्नुपरेको अवस्थाले आम समुदायमा उत्साह र रौनकता देखिन नसकेको उनको भनाइ छ ।

यद्यपि, देवकोटाले यस पर्वले शान्ति, स्थिरता र समृद्धिको ढोका खोल्ने आशा व्यक्त गरे । उनले दशैंमा तडकभडक र फजूल खर्च नगरी आ–आफ्नो गच्छे अनुसार पर्व मनाउन समेत आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.