हेटौँडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले नारीहरुको पर्व हरितालिका तीजलाई सभ्य तवरले मनाउनुपर्ने धारणा राखेकी छिन् ।
रेडियो मकवानपुरको आयोजना तथा लक्की ज्वेलर्स हेटौंडाको मुख्य प्रायोजनमा शनिबार हेटौंडामा भएको जागरुक महिला सम्मान तथा तीज विशेष सांस्कृतिक कार्यक्रममा उनले चाडपर्वलाई खर्चिलो र भड्किलो नगरी सभ्य तरिकाले मनाउनुपर्नेमा जोड दिएकी हुन् ।
रेडियो मकवानपुरले महिलाहरुको पर्वमा अगुवा महिलालाई नगदसहित जागरुक महिला सम्मान प्रदान गरेकोमा खुसी व्यक्त गरिन् । साथै उनले गर्दै सहयोग एवम् सहकार्यका लागि उपमहानगरपालिका सदैव तयार रहेको बताइन् ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डा.गणेश बल लामा, रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जिव श्रेष्ठ, थाहा नगरपालिकाका निवर्तमान उपमेयर खड्ग गोपाली, हेटौंडा २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन, ६ का अध्यक्ष विष्णुबहादुर दाहाल, ७ का अध्यक्ष दामोदर गौतम, ८ का अध्यक्ष राम थापा, १६ का अध्यक्ष रामकृष्ण कोइराला, बकैयाका वडा अध्यक्ष गोपालबहादुर न्यासुर, भूमि आयोग मकवानपुर सदस्य कविन सांगामी, लक्की ज्वेलर्सका सञ्चालक अनिकेत ठाकुर, उनको माता रिकादेवी ठाकुरसहित विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
लक्की ज्वेलर्सको मुख्य प्रायोजनमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका, अल्फा पोलिक्लिनिक, सिद्धस्थली अस्पताल, शिवम् सिमेण्ट्स, ऋद्धिसिद्धि सिमेण्ट, केदारनाथ सुनचाँदी पसल लगायतको सहयोग र सहकार्य रहेको थियो । सांगीतिक प्रस्तुती क्रममा राम्रो नृत्य गर्ने अमृता दास, कविता न्यौपाने र ममता सुनारलाई लक्की ज्वेलर्सको तर्फबाट नगद पुरस्कार प्रदान गरिएको थियो ।















