बागमतीमा आजबाट लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन हुँदै

मकवानपुर । बागमती प्रदेशमा आजबाट पशुचौपायामा लाग्ने लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन हुँदैछ ।

अहिले गाई/भैँसीमा लम्पी स्किन रोग देखा पर्नेक्रम बढेको र यसको रोकथाम तथा नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको प्रदेशको कृषि तथा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मुधुसुदन पौडेलले जानकारी दिए ।

उनका अनुसार, सो अभियान अन्तर्गत प्रदेशभरका एक सय १९ वटा पालिकामा झन्डै एक लाख २० हजार डोज खोप निःशुल्क वितरण गर्ने तयारी गरिएको छ ।

खोप अभियानको शुरुवात ललितपुरबाट गरिनेछ । त्यसपछि अन्य १३ वटै जिल्लामा सञ्चालन गर्ने कृषि मन्त्री पौडेलले बताए ।

प्रदेशमा आर्थिक वर्ष २०८०÷०८१ मा ११ हजार दुई सयभन्दा धेरै गाईभैँसी लम्पी स्किन रोगका कारण मरेका तथ्याङ्क रहेको छ ।

यसअघि बागमती प्रदेशभर दुई लाख ४५ हजार दुई सयभन्दा धेरै गाई तथा भैँसीलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.