बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमालेले पनि जारी गर्यो ह्वीप

file-photo

हेटोंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दल नेकपा एमालेले पनि ह्वीप जारी गरेको छ ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर पक्षमा मत दिन ह्वीप जारी गरेको हो ।

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले यही साउन २७ गते मंगलबार विश्वास मत लिँदैछन् । त्यसअघि एमालेले २७ साउन दिउँसो १ बजे संसदीय दलको बैठक आह्वान गरेको छ ।

गत साउन २० मा मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेको हो ।

मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेसले यसअघि शनिबार नै ह्वीप लगाइसकेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.