भीमफेदीमा किवी खेतीको अनुगमन, १५ किसानलाई कृषि सामग्री हस्तान्तरण

मकवानपुर । मकवानपुरको भीमफेदीमा संयुक्त अनुगमन मूल्याङ्कन गरिएको छ । ‘एक वडा, एक कृषि उत्पादन कार्यक्रम’ अन्तर्गत आज भीमफेदी गाउँपालिका वडा नम्वर ५, सुपिङमा किवी खेतीको अनुगमन गरिएको हो ।

भीमफेदी गाउँपालिका, सृजनशिल किवी कृषक समूह, भीमफेदी–५, मकवानपुर र कृषि विकास कार्यालय चितवनको संयुक्त आयोजनामा अनुगमन गरिएको हो ।

सो क्रममा ५ नम्वर वडाका १५ जना कृषकलाई किवीको विरुवा, किवीलाई चाहिने सिमेन्टको पोल, फलामको पाइब, हाते ट्याक्टरलगायतको कृषि सामग्री हस्तान्तरण गरिएको थियो ।

सामग्री हस्तान्तरण एवम् अनुगमन टोलीमा कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेल, भीमफेदी गाँपालिकाका प्राविधिक उज्वल राना मगर, आर्थिक विकास समिति संयोजक एवम् २ नम्वर वडाध्यक्ष काशीराम बज्यु, ५ नम्वर वडाध्यक्ष जाहार सिं लामालगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.