मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ४ गोल्पीङ्गबाट दुई जना बालबालिका एकैसाथ बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १४ वर्षीय समिर पुडासैनी र ७ वर्षीया एल्जीना ठाडा मगर रहेका छन्।
समिर भीमफेदी–४ निवासी राजेन्द्र पुडासैनीका छोरा हुन् भने एल्जीना सोही स्थान निवासी शिबराज ठाडा मगरकी छोरी हुन्। परिवारका अनुसार, दुवै जना बालबालिका हिजो जेठ २९ गते दिउँसो घरबाट खेल्न निस्किएका थिए । तर, बेलुकी ६ बजेसम्म पनि घर नफर्किएपछि खोजी सुरु गरिएको थियो।
स्थानीयवासी, आफन्त तथा परिवारले सम्भावित स्थान र नातागोता कहाँ खोजी गरे पनि हालसम्म कुनै जानकारी नपाइएको बताइएको छ।
बेपत्ता बालबालिका बारेमा कुनै जानकारी भएमा वा संकास्पद गतिविधि देखेमा तत्काल राजेन्द्र पुडासैनीको ९८६३२२२६५७ र शिबराज ठाडा मगरको ९७६४८०६०५० सम्पर्क नम्बरमा जानकारी गराउन परिवारले अनुरोध गरेका छन् ।

















