हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा गणतन्त्र दिवस मनाइएको छ । बिहीबार एक कार्यक्रम कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस २०८२ मनाइएको हो ।
कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले गणतन्त्रका उपलब्धिहरुलाई कसैले पनि नकार्न नसक्ने बताए । गणतन्त्रका उपलब्धिहरुलाई नकारात्मकताको उपमा दिनु राजनीतिक पूर्वाग्रह मात्र भएको उनको भनाई छ ।
प्रदेश प्रमुख देवकोटाले गणतन्त्र शासन व्यवस्था मात्र नभै न्याय, समानता, समावेशिता र सेवाभावको प्रतिक हुनुपर्ने बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्र अमुर्त कुरा नभई अनुभुति गर्न सकिने व्यवस्था भएको उनले बताए ।
यसैगरी, कार्यक्रममा बोल्दै मुख्यमन्त्री बहादुर सिंह लामाले संघीय लोकतान्त्रिक गणतन्त्रको मुल आत्मा संघीयता र समावेशी शासन व्यवस्था भएको बताए । संघीयताको पूर्ण कार्यान्वयन मार्फत् शासकीय सत्ता आमनागरिकको तहमा पु¥याउन अझै पनि काम गर्न बाँकी रहेको उनले बताए ।
सो क्रममा प्रदेश सरकारले गत असोज १२ मा नख्खु खोलामा आएको बाढीमा पसेका २ जनाको जीवन रक्षा गरेको भन्दै चणिकलाल तामाङलाई सम्मान गरिएको थियो । उनलाई नगद १ लाख रुपैंया नगदसहित सम्मान गरेको हो ।
त्यसैगरी, सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको समाचार लेखन प्रतियोगितामा प्रथम हुन सफल कृष्णा विष्ट (सुनिता) लाई नगद २० हजार, द्वितीय भएकी सरस्वती अधिकारीलाई १५ हजार, तृतीय भएकी स्मिता अर्जेललाई १० हजार र सान्त्वना भएकी सुनिता सापकोटालाई नगद ५ हजार प्रदान गरिएको थियो ।
यसअघि विभिन्न समुदायको भेषभुषासहितको झाँकी र बाजगाजासहित ¥यालीले नगर परिक्रमा गरिएको थियो ।

















