बागमती प्रदेशका सबै गाउँपालिकाका प्रमुख र उपप्रमुखका लागि हेटौँडा अभिमुखीकरण

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा आजबाट प्रदेश अन्तरगतका गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण एवम् अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । प्रदेशको १३ वटै जिल्लाको सबै पालिकाका प्रमुख र उपप्रमुखहरुलाई सेवा प्रवाहका क्रममा कार्य सम्पादनमा परेका समस्या र कानुनी साक्षरता सम्बन्धमा अभिमुखीकरण दिइएको हो ।

कार्यक्रमम गाँउपालिका राष्ट्रिय महासंघ प्रदेश कार्यसमिति, बागमती प्रदेशका अध्यक्ष कर्णबहादुर मगरको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा बोल्दै मुख्यमन्त्री लामाले धेरै योजनाहरुमा हात हाल्दा निर्माण कार्यहरु अधुरो रहने बताउँदै महत्वपुर्ण एउटा मात्रै योजना ल्याउन आग्रह गरे ।

लामाले तीनै तहको सरकार मिलेर काम गरे मात्रै सफल हुने बताउँदै स्थानीय तहहरुलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी अन्तरसम्बन्ध स्थापित गर्न प्रदेश समन्वय परिषदलाई प्रभावकारी बनाउनुपर्ने साथै स्थानीय सरकारबाट परिषदमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरु संघ÷महासंघबाट सिफारिसमा मनोनयन गर्न अनुरोध गरेका छन् ।

त्यसैगरी, विषयगत क्षेत्रमा अन्तर सम्बन्ध र समन्वय गर्न विषयगत मन्त्रालयका मन्त्रीको संयाजकत्वमा स्थानीय सरकारका प्रतिनिधिहरु सम्मिलित विषयगत समिति गठन आवश्यक रहेको औंल्याए । प्रदेश समन्वय परिषद्को बैठकले आवश्यक कार्यविधि बनाएर विषयगत समितिका अवधारणा कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

कार्यक्रममा स्थानीय सरकारबाट जारी भएका कानुनहरुको प्रदेशको आन्तरिक मन्त्रालयमा अभिलेख प्रणालीलाई व्यवस्थि गर्न, प्रदेश र स्थानीय सरकारबाट जारी गरेका कानुनहरुको उत्तरविधाकी परीक्षण गर्ने कार्यको थालनी गर्न माग गरेको छ ।

दुई दिनसम्म संचालन हुने कार्यक्रममा प्रदेशका उद्योग, वाणिज्य, भुमि तथा प्रशासन मन्त्री शुकमाया तामाङ, नीति तथा योजना आयोग बागमती प्रदेशका उपाध्यक्ष डा.गंगादत्त नेपाल, पुर्व राष्ट्रियसभा सदस्य डा.खिमलाल देवकोटा, गाउँपालिका राष्ट्रिय महासंघका अधयक्ष लक्ष्मीदेवी पाण्डेलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.