मकवानपुरमा एक युवक मृत फेला

मकवानपुर । मकवानपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मनहरी गाउँपालिका–५, स्थित कोइरालाडाँडाको थली जंगलमा एक युवक मृत भेटिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, सोही स्थानका डिल्लीपुर घर भएका ३५ वर्षका विष्णुप्रसाद सापकोटा मृत अवस्थामा भेटिएका हुन् ।

सोपकोटा गत वैशाख ३१ गतेबाटबेपत्ता भएका थिए । घरमा कोही कसैलाई नसोधी निस्किएर बेपत्ता भएका सापकोटालाई आफन्तहरुले खोजतलास गर्ने क्रममा आज दिउँसो साढे २ बजेको समयमा मृत अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक अर्याल्ले बताए । सापकोटा घरबाट पश्चिम दक्षिणतर्फ कोइरालाडाँडाको जंगलमा मृत भेटिएको प्रहरी नाउव उपरीक्षक अर्यालले बताए ।

सापकोटा यसअघि पनि घरबाट बिना जानकारी हराउने गरेको जानकारी प्राप्त भएको बुझिइएको छ । जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतको टोली घटनास्थलमा पुगेको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.