मकवानपुर । हेटौंडा जेसीजले शनिबार एक दिने प्रि–इण्डक्सन एण्ड मोटिभेशनल तालिमको आयोजना गरेको छ । हेटौंडा जेसीजको सचिवालय हेटौंडा–९ मा सम्पन्न तालिम हेटौंडा जेसीज वर्ष २०२५ का अध्यक्ष पंकज दास बानियाँको सभाध्यक्षता एवम् हेटौंडा जेसीज वर्ष १९८१ का शाखा अध्यक्ष अंगदप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।
तलिममा ६० जनाले सहभागिता जनाएको तालिम संयोजक राज खड्गीले जानकारी दिए । उनका अनुसार, उक्त तालिमको सिनेटर दिपक राज मिश्रले प्रशिक्षण दिएका थिए ।
हेटौंडा जेसीज वर्ष २०२५ का कार्यकारणी उपाध्यक्ष विश्व प्रसाद गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रममा हेटौंडा जेसीज वर्ष २०२५ का निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय महासचिव सिनेटर विकेशलाल श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।

सो क्रममा बोल्दै प्रमुख आतिथि र विशेष अतिथिले आ–आफनो जेसीज अभियानको यात्रा तथा जेसीजमा हुने जेसीज गतिविधिहरुको बारेमा जानकारी गराएको कार्यक्रम संयोजक अनिक्स बानियाँले बताए ।
यस्तै, कार्यक्रममा पूर्व अध्यक्षको तर्फबाट हेटौंडा जेसीज वर्ष २०२२ का अध्यक्ष तथा वर्ष २०२५ का बोर्ड सल्लाहकार पवन कुमार कंसाकारले पनि शुभकामना मन्तव्य राखेका थिए भने प्रशिक्षार्थिको तर्फबाट जिवन छत्कुल्लीले तालिमको अनुभवसहितको मन्तव्य राखेको कार्यक्रम स्रयोजक बानियाँले बताए ।
कार्यक्रम जेसीज वर्ष २०२५ का महासचिव संजय कुमार न्यौपानेले संचालन गरेका थिए ।

















