हेटौंडा । मनकामना सामुदायिक वन उपभोक्ता समुहको वार्षिक साधारण भेला सम्पन्न भएको छ। शनिवार मकवानपुरगढी-४, कुसुमटार स्थित मनकामना माध्यमिक विद्यालयको प्रांगणमा समुहको २३ औं वार्षिक साधारण भेला सम्पन्न भएको हो।
समुहको भेलाले आफ्ना साधारण सदस्यका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण तथा सम्मान गरेको छ। ज्वालादेवी आधारभुत विद्यालयका ५ जना, प्रतिभा आधारभुत विद्यालयका ५ जना र मनकामना माविका २० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो।
जसमा, ज्वालादेवी आविका युनिका मोक्तान, युनिषा मोक्तान, पुनम मोक्तान, अभिषेक बल र स्मृति मुक्तानले शैक्षिक सामाग्री पाएका हुन्। यस्तै, भेलाले प्रतिभा आविका आकृति स्याङ्तान, युनिक विक, प्रविन योन्जन, रेश्मा मोक्तान र स्वीकृति मोक्तानलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो।

भेलाबाट मनकामना माविका शैक्षिक सामाग्री पाउनेमा जनिता पुडासैनि, अमर स्याङतान, अर्यान स्याङतान, विशाल लोप्चन, बसन्ती सिन्तान, अनिता स्याङतान, सन्जय लोप्चन, रितु सन्तान, पुर्णिमा स्याङ्तान, अंकित घलान, अनिशा घलान, निरुता स्याङतान, रेसु थिङ्ग, मनिष घलान, मनिषा मोक्तान, रितु शिङ्ग, रोशन घलान, राजकुमार थिङ्ग, रमित लोप्चन र लक्ष्मण लोप्चन लगायतका विद्यार्थी रहेका छन् ।
यस्तै, भेलाले समुहका साधारण सदस्यका एसईईमा उतिर्ण विद्यार्थीलाई प्रोत्साहन स्वरुप नगद सहित सम्मान गरिएको थियो। जसमा एसईईमा उतिर्ण युकेश लामा, अस्मिता वाईबा, सुस्मिता सुवेदी, निशा मुक्तान, जेनिशा सापकोटा, सलिना हुमागाईं र सुदिक्षा हुमागाई गरि ८ जना विद्यार्थी नगद सहित सम्मानित भएका हुन् ।

मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता रहेको भेला कार्यक्रममा मकवानपुरगढी ४ नम्बर वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, सव डिभिजन वन कार्यालय मकवानपुरगढी वन अधिकृत निश्चल घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरगढी अध्यक्ष बलराम अधिकारी, सव डिभिजन वन कार्यालय मकवानपुरगढी फरेष्टर देवेन्द्र सञ्जेल, पुर्व वडा अध्यक्ष राम प्रसाद तिमल्सिना, अन्य सामुदायिक वनका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक, संस्थाका सल्लाहकार तथा साधारण सदस्यहरुको उपस्थिति थियो।

भेला कार्यक्रम समुहका अध्यक्ष सर्कलाल लोको सभाध्यक्षतामा सम्पन्न भयो।


















