मकवानपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते

मकवानपुर । मकवानपुरमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा बा.प्र.०६–००१ ख ००५४ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक बोगटीका अनुसार, वीरगन्जबाट चितवनतर्फ गइरहेको उक्त बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युतको पोलमा ठोक्किँँदा बसमा सवार २२ जना यात्रु घाइते भएका हुन् ।

घाइते उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाएको र घटनाको बारेका आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.