भीमफेदीमा सुमो दुर्घटना, ९ जना घाइते

मकवानपुर । भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा सुमो गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

आइतबार (आज) साँझ करिब ५ः२० बजे काठमाडौँबाट हेटौँडा तर्फ आउँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोली साँझ ५ः३० बजे घटनास्थल पुगेको थियो। प्रहरीले सुमोमा सवार ९ जनाको उद्धार गरी उपचारका लागि हेटौँडा पठाएको छ।

घाइतेमध्ये ६ जना पुरुष, १ महिला, १ बालिका र १ बालक रहेका छन्। प्रहरीका अनुसार ७ जनाको अवस्था गम्भीर र २ जना (बालक/बालिका) को अवस्था मध्यम रहेको छ।

सुमो गाडी दुर्घटनास्थलमै रहेको छ। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ३ किलोमिटर उत्तर–पूर्वतर्फ पर्ने जनाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.