मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित सिम्लाङ खोलामा आज दिउँसो पौडी खेल्ने क्रममा एक किशोर डुबेर बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा बाराको कलैया उपमहानगरपालिका–१ का कर्ण उर्फ प्रणय गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, उनी दिउँसो करिब साढे ४ बजेको समयमा साथीहरूसँग मार्खु घुम्न गएका थिए । सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा गुप्ता अचानक बेपत्ता भएका थिए । घटनाको जानकारी पाउने बित्तिकै इलाका प्रहरी चौकी मार्खु, पालुङ र चित्लाङबाट खटिएको प्रहरी टोलीले खोजी कार्य थालेको छ।
प्रहरी नायव उपरीक्षक अर्यालले घटनास्थलमा खोजतलास कार्य तीव्र रूपमा भईरहेको छ तर, हालसम्म किशोरको अवस्था पत्ता नलाग्न बताए ।
प्रतिकृया दिनुहोस्

















