हेटौंडा । हेटौडा उपमहानगरपालिका-१९ बस्तिपुरमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक गम्भीर घाइते भएका छन् ।
सोमबार राती ११:४५ बजे पुर्व पश्चिम सडक खण्डमा पोखराबाट बिरगजंतर्फ जाँदै गरेको ना ६ ख ३४३१ नं. को कवाडी लोड गरेको ट्रकले लेवट तर्फबाट बस्तिपुर तर्फ जाँदै गरेको बा.प्र.०३-०० ४ प ४४८२ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ४० वर्षीय सरोज अर्याल गम्भीर घाइते भएका हुन्।
बायाँ खुट्टामा चोट लागेर घाइते भएका अर्यालको उपचारका लागि सिएमसी चुरेहिल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। घाइते अर्याल मकवानपुरको मनहरी गाउँपालिका ३ नम्बर वडाको पालदमारका बासिन्दा हुन्।
ट्रक र तनहुको देबघाट-४, पिपलटारका ट्रक चालक ३१ वर्षीय श्याम लाल गुरुङ प्रहरीको नियन्त्रणमा रहेको प्रहरी जनाएको छ।
प्रतिकृया दिनुहोस्

















