हेटौंडा । हेटौंडामा खानेपानी तथा स्वच्छतासम्बन्धि सामुदायिक कार्ययोजना प्रदर्शनीको पूर्वतयारीमा दुई दिने तालिम सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका कार्यपालिकाको आयोजना र लुमन्ती आवासका लागि सहयोग समूह हात्तीवन ललितपुरको साझेदारीमा तालिम भएको हो ।
जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा भएको तालिममा हेटौंडा–११, सिमलटारका लक्षित वर्ग २० जनाको सहभागिता थियो । आवास, लघुवित्त, खानेपानी स्वच्छता र सरसफाइ, विपत् व्यवस्थापन क्षेत्रमा नेपालका करिब ३५ भन्दा बढी महानगर, उपमहानगर, नगरमा काम गर्दै आएको संस्थाले हेटौंडा र पोखरामा काम गर्ने योजनासाथ तालिमहरु सञ्चालन गर्दै आएको लुमन्ती परियोजना प्रमुख उद्धब भट्टराईले जानकारी दिए ।
यस्तै, मानिसको जीवनस्तरमा सुधार ल्याउन आर्थिक, भौतिक, सामाजिक, शारीरिक, मानसिक, वातावरणमा परिवर्तन हुनुपर्ने लुमन्ती प्रशिक्षक राम डंगोलको भनाइ छ । हेटौंडाका विपन्न तथा लक्षित वर्गबीच उपमहानगर पालिका, वित्तीय तथा अन्य सरोकारवाला संघसंस्थास“ग मिलेर काम गर्ने लक्ष्य रहेको संस्थाले जनाएको छ ।

















