‘मैले भोक लाग्या छ भन्नु नै नपाई खानीकुरा बनाइदिन्छन् उनीहरु’

मकवानपुर । कसैले भगवान की आमा भनेर सोधे म आमाहरु भन्छु । मेरा आमाहरु संसार भन्दा अमूल्य छन् । मेरो नौं थरीका लाटोभाषा यो संसारले बुझ्दैन् तर, मेरी आमाहरुले बुझिदिन्छन् । श्रीमान साथमा हुनेले त आफ्नो बालबच्चालाई पालन–पोषण, शिक्षा–दिक्षा, सँस्कार दिन गाह्रो हुने त्यो समयमा एक्लै कसरी हुर्काइन् होलान्  छोरीहरु ?

उनले हुर्काएनन् मात्रै, बालबच्चालाई पालन–पोषण, शिक्षा–दिक्षा, सँस्कार दिन कुनै कसर छोडिनन् । त्यसको त श्रीमान पनि बित्यो के गर्छिन होला ?, छोरी–छोरी छन् भन्ने समाजलाई एउटा उदारण दिने संघर्षशीन नारी हुन् मेरी आमा । जति मेरी आमाले हामीलाई हुर्काउन संघर्ष गरेकी छन् त्यति नै मेहेनत गरिन् मेरी हजुरआमाले पनि । आफ्नो छोरा वितेको एक महिनामा आफ्नो श्रीमान गुमाएकी ती हजुरआमा जसले हामीलाई हुर्काउन हिम्मत नहारी लागि परिरहिन् । जसको संर्घषले आज हामी आफ्नो खुट्टामा उभिन सकेका छौं । सानोतिनो भएपनि जागिर आएर आफ्नो ज्यान पाल्न सकेका छौं । तिनै आमा र हजुरआमालाई कहिलेकाँही खर्च भनेर एक–दुई हजार दिन सक्ने भएका छौं ।

मलाई जन्मदिने आमा मात्र मेरी आमा होइन । साइनोले हजुरआमा, काकी र दिदीहरु भएपनि आमा जतिकै छन् । महिनाको दुई पटक मात्रै त, कहिले एक पटक मात्र घर पुग्ने म । घर पुग्ने बित्तिकै मैले भोक लाग्या छ भन्नु नै नपाई खानीकुरा बनाइदिन्छन् उनीहरु । धेरै नबोल्ने स्वभावको देखिने म, घर पुगेसी भाइबहिनीलाई जिस्काउने, कराउने र तिनीहरुसँग चल्या देख्दा खुसी हुन्छन् ती हजुरआमा, आमा, काकी र दिदीहरु । तर, त्यो खुसी केही समयलाई मात्रै हुन्छ । विदा सकिएर जब तयार हुन्छु अनि घरका हजुरआमा, ममी, काकी र दिदीभाईहरुको अनुहार न्याउरो हुन्छ । अनि सोध्नुहुन्छ अब कहिले आउने घर ? म हाँस्दै भन्दिछु यति दिनपछि अथवा यो चार्डमा ।

आज वैशाख कृष्ण औँसी अर्थात आमाको मुख हेर्ने दिन । बिहान उठ्ने बित्तिकै सम्झिएँ, आज आमाको मुख हेर्ने दिन। बिहानै के फोन गर्नु जस्तो लागेर  रेडियो आए । बिहान ५ः२५ को समाचार संगालो, ७ बजेको कार्यक्रम थाहा चौतारी र ८ बजेको थाहा अपडेट (समाचार) सकियो । त्यसपछि ममीलाई फोन गरे । दुई घण्टी नबज्दै फोन उठ्यो र भन्नुभयो हेलो, हेलो । सँधै फोन गर्दा अन्यौल नम्वरबाट फोन गाको जसरी घरी म्याडम, घरी मिस भनेर ममीलाई जिस्काउने मैले आज भने फोन उठ्ने बित्तिकै ‘ह्यापी मदर्श डे’ भन्न पुगेछु । मेरो बोलीले चिन्ने उनी मैले ‘ह्यापी मदर्श डे’ भनेको सुनेबित्तिकै है भन्नुभयो । उनलाई लागेछ मैले ममी भने ।

,,,फेरी अर्को पटक मैले ममी भने त्यसपछि पनि फेरी उताबाट ममीको जवाफ है । मैले सोधे,,, तपाईलाई के ल्याइदिम ? म घर आउन लागेको । ममीको जवाफ थियो सातुको पिठो । फेरी मैले सोधे अनि अरु ? जवाफमा एउटा बोल (बत्ती) र एक पाकेट कपुर लेराइजो । अनि मैले हाँस्दै यति भए पुग्छ ? जवाफमा ममीले तैले एउटा भन्या मैले तीन थरी भनिसके । त्यसपछि आमाछोरी मस्त हाँसियो । उताबाट ममीले कतिखेर आउने ? मैले ११ बजेको डियुटी सकेर आउछु भने र फोन राखे ।

ममीको फोन राख्ने बित्तिकै हजुरआमा (आमा) लाई फोन गरे र सिँधै भने आमा ‘आइ ल यू’ । आमा हास्ँदै अब के भन्ने ? छेउमा रहेकी दिदीले सिकाइन ‘आइ ल यू टु’ भन्नु । अनि आमाले मलाई भन्नुभयो, ‘आइला टु’ त्यसपछि हाँस्नुभयो । मैले सोधे आमा म घर आउनु लागेको के खान मन छ ? उताबाट आमाको जवाफ थियो, ‘केही पर्दैन घरभरी खानी कुरा छ । मलाई त आयो भनि पुग्छ ।’ फेरी मैले सोधे भन्नु न के ल्याइदिम ? आमा हाँस्दै भन्नुभयो जे मन लाग्छ त्यही ल्याइदे । म चुप बसे फेरी आमाले मलाई कालो अंगुर लेराइदे । त्यही नी धेरै होइन आधा किलो भए पुग्छ । फेरी आमाको प्रश्न थियो कति खेर आउने ? चाडो आइजो है । मैले हस् हस् ११ बजेको डियुटी सकेर आउछु भने र उताबाट आमाले ल ल भन्नुभयो ।

त्यो फोन राख्न नपाउँदै मैले फेरी सोधे कार्की खोइ त आमा ? काकीलाई दिनुन । मैले त्यति भन्न नपाउँदै उताबाट आवाज आयो ‘सेम टु यु’ । त्यो आजाव थियो काकीको । त्यसपछि सबै जना हाँस्यो र मैले सोधे के को उपलक्ष्यमा ‘सेम टु यु’ ? उताबाट काकीको जवाफ थियो, ‘तिमीले औँशीको शुभकामना दिन लागेको होइन त ? फेरी हाँस्यो सबै जना । मैले सोधे तपाईलाई चाँही के ल्याइदिम् त काकी ? मेरो प्रश्न नटुंगिदै उत्तर आयो, अस्तिको पटक घर जाँदा च्याउ भन्या सुनेर मैले स्याउ बोकेर गाको भएर अहिले सिँधै स्याउ लेराइदेउ मलाई भन्दै हाँस्नु भयो । मैले ल ल भने । फेरी उही प्रश्न कतिखेर आउने ? चाडो आउ है । उही जवाफ ११ बजेको डियुटी सकेर । ल ल भन्दै फोन काटे ।

,,,औँशीको दिन पनि कति सस्तोसस्तो डिमाण्ड हो भन्दै एक्लै मुस्कुराउँदै कसलाई के लगिदिने भनेर सम्झिदै म फेरी काममा व्यक्त भए ।

आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो । यिनै आमा जस्ले हामीलाई संसार देखाईन्, पाईला चाल्न ताते ताते गर्दै सिकाईन, गर्भमा राखेर जन्माईन अनि काखमा राखेर पालिन । देवीको प्रतिरुप अनि ममता कि खानी सम्पूर्ण आमाहरुलाई कोटी कोटी नमन छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.