एन्फा प्रेसिडेन्ट कपः काक्रेबिहार र टाइगर्सको विजयी सुरुवात

हेटौँडा । सुर्खेतको काक्रेबिहार युथ क्लब र दोलखाको टाइगर्स टिमले हेटौँडामा जारी एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन्।

हेटौँडा–६ गौरीटार रंगशालामा बिहीबार भएको पहिलो खेलमा काक्रेबिहारले तनहुँको हैरान्स क्लबलाई ३–२ ले पराजित गर्दै तीन अंक हासिल गर्‍यो। सुजन बलम्पाकी मगर, आशिष चापागाईं र अनिश क्षेत्रीले गोल गरेका थिए। खेलका ‘प्लेयर अफ दि म्याच’ काक्रेबिहारका रोहन कार्की घोषित भए।

तेस्तै, दोस्रो खेलमा दोलखाको टाइगर्स टिमले उदयपुरको गाईघाट क्लबलाई २–१ ले हराउँदै शानदार जित निकालेको छ। टाइगर्सका सुसन लामा र आशिष श्रेष्ठले गोल गरे भने सुसन लामा ‘प्लेयर अफ दि म्याच’ बने।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा र मकवानपुर जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिता लिगकम नकआउट प्रणालीमा सञ्चालन भइरहेको छ।

विजेता टोलीले १० लाख रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.