हेटौँडामा एन्फा प्रेसिडेन्ट लिग सुरु, चित्लाङको विजयी सुरुवात

हेटौँडा । हेटौँडा–६ स्थित गौरीटार रंगशालामा एन्फा प्रेसिडेन्ट लिग सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा उक्त लिग भएको हो ।

उद्घाटन खेलमा काठमाडौंको चित्लाङ फुटबल क्लबले देउराली युथ क्लबलाई पराजित गर्दै विजयी सुरुवात गर्यो । चित्लाङले देउरालीलाई ४–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

चित्लाङका चन्दन कुमार दास, लाहान सुब्बा, विज्ञान खड्का र मदन स्याङ्तनले गोल गरेका हुन्। देउरालीका तर्फबाट रामचन्द्र वाजीले एक गोल फर्काए ।

उक्त खेलको प्लेयर अफ द म्याच चित्लाङका जय गुरुङ घोषित भएका छन्। उनले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

त्यसैगरी, आजै भएको दोस्रो खेलमा कैलालीको विजय स्पोट्र्स क्लब र कास्कीको लालीगुराँस क्लबबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ। लालीगुराँसका सुरज जंग ठकुरी प्लेयर अफ द म्याच घोषित भए ।

लिग कम नकआउट प्रणालीमा सञ्चालन भइरहेको उक्त प्रतियोगिता मंसिर २ गतेसम्म जारी रहनेछ। प्रतियोगिताको विजेता र उपविजेता समूहले क्रमशः १० लाख र ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.