मकवानपुर महिला गोल्डकपः संकटालाई हराउँदै एपीएफ फाइनलमा, उपाधिको लागि पुलिस क्लबसँग भिड्ने

मकवानपुर । एपीएफ मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ । मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ स्थित गौरीटार रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा संकटालाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

एपीएफको जीतमा रश्मि घिसिङले खेलको ७१ औं मिनेटमा र अनिता केसिले खेलको ७६ औं मिनेटमा गोल गरिन् । रश्मिले कप्तान अनिता बस्नेतको कोना प्रहारलाई हेडमार्फत् र केसी पनि बस्नेतकै असिष्टमा गोल गरेकी हुन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपीएफकी रेनुका नगरकोटी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

एपीएफले उपाधीका लागि आगामी वैशाख २५ गते बिहीबार फाइनल खेल हुनेछ । फाइनलमा एपीएफले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल बिहीवार दिउँसो ३ बजेबाट हुनेछ ।

पुलिस मंगलबार नै भएको पहिलो सेमिफाइनलमा चितवनलाई ७–० फराकिलो गोलान्तरले हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.