हेटौंडा । हेटौंडामा दोस्रो एएफयु सेभेन ए साईड महिला फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । शनिवार कृषि तथा वन विज्ञान विश्वविद्यालय वन विज्ञान संकाय हेटौंडाले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताता हुने सम्बन्धमा जानकारी गराएको हो ।
प्रतियोगिता हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रगंशालामा आइतबारदेखि बुधवारसम्म हुने आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार प्रतियोगितामा कृषि संकाय, रामपुर, चितवन, वन विज्ञान संकाय, हेटौंडा, मकवानपुर, प्राकृतिक श्रोत व्यवस्थापन कलेज, पाख्रिबास, धनकुटा, प्राकृतिक श्रोत व्यवस्थापन कलेज, कटारी, उदयपुर, प्राकृतिक श्रोत व्यवस्थापन कलेज, बर्दिबास, महोत्तरी, प्राकृतिक श्रोत व्यवस्थापन कलेज, मरिण, सिन्धुली, प्राकृतिक श्रोत व्यवस्थापन कलेज, पुरुञ्चौर, कास्की, प्राकृतिक श्रोत व्यवस्थापन कलेज, माडिचौर, रोल्पा, र प्राकृतिक श्रोत व्यवस्थापन कलेज, टीकापुर, कैलाली गरी नौ टिमको सहभागि सहभागी रहने छन् ।
प्रतियोगितामा विजेता टिमले नगद रु ५० र उपविजेता टिमले नगद रु २५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै प्रतियोगिताको सर्वोत्कृष्ट र विभिन्न विधामा उत्कृष्ट खेलाडिहरुलाई ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ४ लाख खर्च हुने हुने अनुमान आयोजकले गरेको छ । हेटौंडा उपमहानगरपालिका र हेटौंडा स्कुल अफ म्यानेजमेन्टको मुख्य आर्थिक सहयोगमा पुस्कार व्यवस्थापन गरिएकोे आयोजकले जनाएको छ ।
२०६९ सालमा स्थापना भएको यस विश्वविद्यालयले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको छ । २०७० सालदेखि कृषि संकाय, पशु चिकित्सा, पशु विज्ञान तथा मत्स्य विज्ञान संकाय र वन विज्ञान संकायमा कृषि, पशु चिकित्सा, मत्स्य विज्ञान तथा वन विज्ञान विषयमा स्नातक, स्नातकोत्तर र विद्यावारीधी तहमा विद्यार्थी भर्ना गरी अध्यापन गराउँदै आएको छ । हाल यस विश्व विद्यालयमा ४ हजार ५ सय विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

















