हेटौंडा । इन्टरनेसनल वादो फेडेरेसन नेपाल मकवानपुरले बेल्ट टेस्ट तथा बेल्ट वितरण गरेको छ । शनिबार ८३ खेलाडीलाइ बेल्ट टेस्ट तथा बेल्ट वितरण गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडामा रहेको महेन्द्र किरण माध्यमिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा गुरुद्वय अक्कल बहादुर पाख्रीन र तेजबहादुर बलले खेलाडीको बेल्ट टेस्ट गरेका थिए ।
संस्थाका अध्यक्ष पेमा लामाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा-३ अध्यक्ष रोशन गोले, खेलकुद समिती हेटौंडा-३ अध्यक्ष भगवान बर्तौला, शिक्षा समिति हेटौंडा-३ सदस्य जगन्नाथ तिमल्सिना, दक्षिण काली टोल विकास संस्थाका अध्यक्ष रामबहादुर थापा मगर लगायतको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस्

















