हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुर शाखाले आफ्नो ३४ औं स्थापना दिवस मनाएको छ । शाखाले सोमबार शुभकामना आदानप्रदान एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्वर १०, गोरक्षश्वरधामस्थित संस्कृति वेद विद्यालयलाई खाद्यान्न सहयोग गरेर आफ्नो स्थापना दिवस मनाएको हो ।
करिब ४० जना बटुकहरूलाई लक्षित गर्दै २० हजार रुपैयाँ बराबरको दाल, चामल, नुन, तेललगायतका खाद्य सामग्री सहयोग गरिएको हो । कार्यक्रम शाखा अध्यक्ष सुबास बिडारीको अध्यक्षता एवम् संस्थापक अध्यक्ष राममणि दाहाल प्रमुख आतिथ्यतामा भएको हो ।
सो क्रममा बोल्दै प्रमुख अतिथि दाहालले प्रेस युनियनले सामाजिक उत्तरदायित्वबोधसहित सञ्चारकर्म मात्र नभई समाजप्रति सकारात्मक योगदान पुर्याउने कार्यलाई प्राथमिकता दिनुपर्ने जोड दिए ।

यस्तै, युनियनका शाखा अध्यक्ष बिडारीले संस्कृत शिक्षाको संरक्षण र प्रवद्र्धनमा सञ्चारकर्मीहरूको साथ र समर्थन जरुरी रहेको बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष हरि हुमागाई, पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, संस्कृत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापा, विद्यालयका प्रधानाध्यापक गणेश धिताल, प्रेस चौतारी मकवानपुकी अध्यक्ष सरिता दाहाल, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एमपी शर्मा, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष राजन घिमिरे अनुराग, सञ्चारीका समुह मकवानपुरकि अध्यक्ष निशा गुरुङ लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

















