सांसद एकलाल श्रेष्ठद्धारा जंगली जनावरको आक्रमण र सडक विस्तारमाथि ध्यानाकर्षण

हेटौंडा बागमती प्रदेशका सांसद र पूर्व मन्त्री एकलाल श्रेष्ठले हेटौंडा उपमहानगरपालिका अन्तर्गतका वडा नम्बर–१२, १३, १४ र १५ का जनताहरु जंगली जनावरको आक्रमणबाट त्रसित भएको भन्दै त्यसको नियन्त्रणका लागि सम्बन्धित निकायलाई ध्यान दिनुपर्ने माग गरेका छन् ।

शनिवार आयोजित बागमती प्रदेशसभा बैठकमा विशेष समय दिइएको बेला, श्रेष्ठले हेटौंडाका विभिन्न स्थानहरूमा बाघ र हात्ती जस्ता जंगली जनावरको आक्रमण भइरहेको र यसले स्थानीयलाई ठूलो चिन्तामा पारेको उल्लेख गरे। उनले यस्तो स्थितिबारे सरकारको ध्यान आकर्षित गर्दै जंगली जनावरको नियन्त्रणका लागि ठोस कदम उठाउन आग्रह गरे ।

त्यसैगरी, सांसद श्रेष्ठले हेटौंडा बजार क्षेत्रको २५ मिटर सडकको विवादमाथि पनि टिप्पणी गर्दै, १६ मिटरसम्म सडकको मुआब्जा वितरण गर्ने सहमति भए तापनि, सडक विस्तार प्रक्रिया अघि बढिरहेको अवस्थामा मुआब्जाको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरे।

उनले भने, “यदि मुआब्जा सुनिश्चित गर्न नसकिने हो भने, बजार क्षेत्रको सडकलाई बाईपास गरेर लैजानुपर्ने“ भन्दै प्रदेश सरकारलाई सचेत गराए । साथै, उनले अघिल्लो सरकारको कार्यकालमा हेटौंडामा प्रदेश सार्वजनिक विश्वविद्यालय निर्माणको तयारी भएको भए पनि अन्य काममा ढिलासुस्ती भएको बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.