फागुन ४ देखि तिन दिने प्रथम पदमपोखरी महोत्सव हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १३ पदमपोखरीमा सांस्कृतिक महोत्सव हुने भएको छ । बुधबार महोत्सव मुल समारोह समितिले पत्रकार सम्मेलन मार्फत आगामी फागुन ४, ५ र ६ गते तिन दिने महोत्सव हुने जानकारी गराएका हुन् ।

“सस्कारसंस्कृति , साहित्य र कलाको जगेर्ना गरौं , स्थानीय व्यापार , कृषि उपज उत्पादनलाई प्रवद्र्धन गरौं ” भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा पदमपोखरीको पहिचान झल्काउने खालका प्रद्धर्शनी समेत हुने वडा अध्यक्ष पेम्बा लामाले जानकारी दिए । स्थानीय उत्पादन , बजारीकरणको अवधाराणाको विकास र कृषि उपज उत्पादनलाई प्रवर्धन गर्नुका साथै वडावासीको आर्थिक स्थितिलाई माथि उठाउन महोत्सवले सहयोग गर्ने वडा अध्यक्ष लामाले बताए ।

महोत्सवमा स्थानिय परम्परागत उपभोग्य कृषि उपज सामाग्रि , आधुनिक सिपमा विभिन्न सामान उत्पादन, बांस जन्य सामाग्रि, खानाका विभिन्न परिकारहरुका ८० वटा स्टलहरु रहने र मदिराजन्य पदार्थको बिशेष रोक रहने जनाएको छ ।

करिव १० लाख खर्च हुने अनुमान गरिएको महोत्सवमा कलाकारहरु रोज मोक्तान, प्रति आले, टिका बोम्जन, प्रकाश तितुङ , साम्तेन मोक्तान, विक्रम लुङ्वा लगायत स्थानीयक कलाकारहरुले सांगितिक प्रस्तुति दिनुका साथै नृत्य प्रस्तुती पनि महोत्सव समारोह समतिका संयोजक रञ्जु गोम्जाले बताईन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.