सोनाम ल्होछारको अवसरमा राक्सिराङ गाउँपालिकामा  ३ दिन सार्वजनिक बिदा 

file-photo

हेटौँडा। राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको नयाँ वर्ष पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। पालिकाले माघ शुक्ल प्रतिपदाको अवसरमा आगामी माघ १६, १७ र १८ गते तीन दिनका लागि बिदा दिने जनाएको हो ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले एक शुभकामना सन्देश जारी गर्दै उक्त निर्णयको जानकारी दिएका छन् । यस पर्वको अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायलाई स्वास्थ्य, समृद्धि र दीर्घायुको शुभकामना दिएका मल्लले तीन दिनका लागि गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने जानकारी पनि दिएका छन्  ।

सोनाम ल्होछारको पर्व राक्सिराङका तामाङ समुदायका लागि विशेष महत्व राख्दछ र यसले सामाजिक एकता, भ्रातृत्व र समृद्धिको भावना प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.