हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित शनिबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ३ पलासे बस्ने २२ वर्षीय सुदिप तामाङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनलाई मनहरी गाउँपालिका वडा नम्वर ८ बाट लागूऔषध गाँजा करिब ५ किलोग्रामसहित पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
प्रतिकृया दिनुहोस्

















