हेटौँडामा मोबाईल खरिद तथा मर्मतका दशैं, तिहार बम्पर योजना सुरु

हेटौँडा । हेटौँडामा मोबाईल खरिद तथा मर्मतका दशैं, तिहार बम्पर योजना सुरु भएको छ । मोबाईल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरले बुधबार बम्पर उपहार योजना कार्यक्रम उद्घाटन गर्दै आज बिहीबारबाट लागु हुने गरी योजना सुरु भएको हो ।

म्यान मकवानपुरका अध्यक्ष हरिप्रसाद न्यौपानेको अध्यक्षता तथा नेपाल मोबाईल व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष एसीस रिजालको प्रमुख आतिथ्यतामा बम्पर योजना कार्यक्रमको उद्घाटन गरिएको हो ।

सो क्रममा बोल्दै अध्यक्ष न्यौपानेले दशैं, तिहार, छठपर्वको अवसरमा चाडपर्व लक्षित मकवानपुरका दुई सय भन्दा धेरै व्यवसायीहरुबाट एकै किसिमको उपहार प्रदान गर्ने उद्देश्यले संस्थागत रुपमा उपहार योजना ल्याएको जानकारी दिए । यो योजना मकवानपुरको हेटौंडा क्षेत्र सँगै मनहरी, थाहानगर, पुर्वीक्षेत्रका मोवाईल व्यवसायमा समेत लागु हुने अध्यक्ष उनले बताए ।

बम्पर योजनामा बीस हजार कुपन मकवानपुरका मोवाईल पसलमा एक हजार भन्दा बढीको सामान खरिदमा ग्राहकलाई कुपन उपलब्ध गराइने योजना कार्यक्रमका संयोजक एंव म्यान मकवानपुरका वरिष्ठ उपाध्यक्ष राजकुमार दाहालले बताए । उपहार योजना कार्यक्रम आज बिहीबारदेखी आगामी पौष ५ गतेसम्म लागू हुनेछ भने पुरस्कार वितरण पौष १७ गते बृहत साङ्गीतिक कार्यक्रम गरी प्रदान गरिने उनको भनाई छ ।

उनका अनुसार, बम्पर उपहारमा एक जनालाई टिभिएसको स्कुटर, स्क्रयाच कुपन मार्फत चार सयजनालाई इयरवर्डस, ५ हजार जनालाई माई पावर कम्पनीको इयरफोन तथा लक्की ड्र मार्फत् २ जनालाई १८० लिटरको फ्रीज, ३ जनालाई ३२ ईन्चको स्मार्ट टेलिभिजन प्रदान गरिनेछ ।

कार्यक्रमको मुख्य प्रायोजक साओमी ब्राण्ड रहेको छ । साओमीसँगै विभिन्न अन्य मोबाईलका ब्राण्ड र हेटौंडाका मोबाईल व्यवसायीहरुको सहयोग रहने दाहालले बताए ।

उद्घाटन कार्यक्रममा म्यान मकवानपुरका निवर्तमान अध्यक्ष नवराज चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, म्यान मनहरी क्षेत्र अध्यक्ष हीमशिखर ब्लोन, म्यानका पूर्व अध्यक्ष दिनेश लामा, महासंघ प्रदेश महासचिव विज्ञान घिमिरे, म्यानका सल्लाहकार कुमारमणी त्रिपाठीलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.