प्रहरी संगठन प्रमुख थापा र चुनौतीः एआईजी बढुवामा किन बढ्दैछ रोचकता ?

काठमाडौं । आम नागरिकसँग प्रत्यक्ष जोडिएको हुन्छ नेपाल प्रहरी । प्रहरी पछिल्लो वर्ष लयमा आउँदै छ । पहिले–पहिलेको प्रहरी र अहिलेको प्रहरी आकाश–जमिन फरक छ । अर्थात प्रहरी आमनागरिक प्रति थप जिम्मेवार बन्दै गएको छ ।

त्यसो त तत्कालिन आईजी धिरज प्रताप सिंहले भद्रगोल पारेको संगठन व्यापक चुनौतीका बाबजुत यसअघिका आईजी बसन्त बहादुर कुँवरले मुलधारमा ल्याउन निरन्तर सक्रिय रहे ।

कुँवर सम्मानसहित बिदाई भएका छन् । त्यसो त मुलुक र नागरिकको सुरक्षा संगठन भित्र सानातिना विवाद आउनुलाई सामान्य र सहज रुपमै लिनुपर्ने हुन्छ । प्रतिबद्धता, उत्तरदायित्व, जवाफदेहिता र पारदर्शिता महत्वपूर्ण विषय वस्तु हुन् । प्रहरी माथी तालुक गृह मन्त्रालय रहेको सबैलाई जगजायर छ ।

पक्कै पनि सहज भएन होला ३ मन्त्रीसँग काम गर्न निवर्तमान प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई । तर, पनि अघिल्ला भद्रगोल समाल्दै संगठनलाई लयमा ल्याउन यहाँको प्रयास उदाहरणिय रह्यो ।

असी हजार फौजमा चित्त नबुझ्नेहरुको संख्या पनि कम छैन् । सबैलाई खुशी यो जन्ममा कसैले कसैलाई पनि पार्न सक्दैन, सम्भब पनि छैन् । संगठन नेतृत्वकर्ताका लागि सदैब मार्गदर्शन बन्न सक्छ । ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्नसक्ने क्षमताका आधारमा संगठन प्रमुख नितान्त सरकारले गर्ने गर्छ ।

सक्षम नेतृत्वसहितको कार्य कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन,परिचालन पनि संगठन प्रमुखको महत्वपूर्ण क्षण हुन् । संगठनमा मात्र होइन आम नागरिकदेखि विभिन्न राजनीतिक दलमा समेत रुचाइएको नाम हो दिपक थापा ।

धेरैलाई दिपक थापा भनेपछि एक सकारात्मकसोच भएको आफ्नो भनाई प्रष्ट राख्ने अर्काका बारेमा धेरै नकारात्मक टिप्पणी नगर्ने प्रखर, स्पस्टवादी, नेतृत्वदायी क्षमता भएका कुशलकर्ता अर्थात व्यक्तिका रुपमा लिइन्छ ।

अहिले प्रहरी संगठनको नेतृत्व प्रहरी महानिरीक्षक अर्थात आईजी दिपक थापाले गरेका छन् । कार्यक्षमतामा उत्कृष्टता, अब्बल, राज्य सत्ताका व्यक्ति विशेषलाई समेत ऐन मौकामा कलुसित भावना नराखी मुलुक र जनताका पक्षमा सल्लाह सुझाव दिन सक्ने आईजी दिपक थापा सबैतिर लोकप्रिय मात्र छैनन् हाईहाई पनि छन् ।

कुनै बिरासतको भारी बोक्न नपाएका थापा कार्य क्षमताको कारण संगठन र जनताप्रति उत्तरदायी बन्दै सरकारले उनलाई जिम्मेवारी दियो । यो सरकारको उपयुक्त निर्णय भएको भन्दै चौतर्फी प्रशंसा पनि चुलिएको छ ।

त्यसो त थापा माथि चुनौती पनि उत्तिकै छन् । प्रहरीको सरुवा–बढुवा, पहिलो चुनौती हो । प्रहरी नेतृत्वले संगठनको सम्पूर्ण स्वामित्व लिन सक्नुपर्छ । राजनीतिक अर्थात सरकारको नेतृत्वलाई चित्त बुझाएर नागरिकसँग न्यायिक, उत्तरदायी र जवाफदेही हुनैपर्ने हुन्छ ।

त्यसो त थापामा समन्वय र सहकार्यलाई रणनीतिक रुपमा उत्कृष्ट कार्यकुशलता छ । अब पनि त्यो उनीमै निर्भर रहन्छ । संगठन सुदृढीकरणअन्तर्गत प्रहरीको संरचना, शैली र विद्यमान प्रशासनिक आन्तरिक संरचनामा दरिलो उपस्थिती सहितको आमूल परिवर्तन गर्नुपर्ने जिम्मेवारी छ ।

नेपाल प्रहरीमा सुधारसँगै विकृति पनि हटाउनु पर्ने बाध्यता छ । त्यसको अनुगमन र कारबाहीको डण्डा पनि चलाउन उत्तिकै जरुरी छ । खासगरी प्रहरीको सरुवा–बढुवामा अत्याधिक राजनीति हुन्छ । संगठनको साख बढाउन आवश्क छ ।

‘चेन अफ कमाण्ड’ मा चल्नुपर्ने प्रहरी संगठन राजनीतिक शक्तिको आडमा चल्न खोज्दा प्रहरीको मानमर्दन हुने गरेको छ । त्यसमा सर्तक रहनु छ । छोटो अवधि भए पनि थापासँग धेरै अपेक्षा गरिएको छ ।

जो सरकारमा आएपनि अनुचित हिमचिम बढाई फाइदा लिनेहरु बिच होड चल्ने क्रमलाई उनले ब्रेक गर्न सक्लान् ? त्यो भने पर्खनै पर्ने हुन्छ । ढुलमुले तथा अवसरवादी प्रवृत्तिका व्यक्तिलाई निरुत्साहित गरी व्यवसायिक र निष्ठावान प्रहरी अधिकृतहरुलाई छनौट गरी उनीहरुलाई आगामी नेतृत्वमा अगाडि बढाउनु थापालाई उत्तिकै चुनौती छ ।

एआईजी बढुवा रोलक्रम वा कार्य सम्पादन र कार्यक्षमता

प्रहरी आमनागरिकसँग प्रत्यक्ष जोडिएको हुन्छ । एआईजी बढुवामा रोलक्रम वा कार्य सम्पादन र कार्यक्षमता र संगठन सहित गृहसम्म बहस चलेको छ । जेष्ठता र रोलक्रम फरक फरक विषय हुन् ।

संगठन भित्र एकै मिति समयमा नियुक्ति भएकाहरुबीच समान अवसर र प्रतिस्पर्धी भावना कायम गर्ने हो भने हरेक माथिल्लो पदमा बढुवा गर्दा उनीहरुको तल्लो पदमा कार्यसम्पादन स्तर बमोजिम रोलक्रम तलमाथि पनि पर्न सक्दछ ।

प्रहरी नियमावली बमोजिम बढुवाका आधार कार्यसम्पादन स्तर, शैक्षिक योग्यता, तालिम, भौगोलिक अनुभब बापत अंक हुन् । एकै ब्याच वा नियुक्ति मिति भएका सबैले जेष्ठता बापत हरेक वर्ष २ अंकका दरले पाउने हुँदा सबैले जेष्ठता बापत समान अंक पाउंँछन् ।

रोल क्रममा १ नम्बरमा हुने र १५ नम्बरमा हुनेले जेष्ठता बापत पाउने अंक समान हुने हुंदा बढुवामा सबैलाई समान व्यवहार गरिनु पर्दछ । बढुवाको आधार रोलक्रम वा बरियताक्रम होइन, बढुवामा रोलक्रम वा बरियताक्रम निर्णायक हुन हुँदैन्,सुरक्षासँग सरोकार राख्नेहरु खुलेरै बहस,पैरवी गरेका हुन्छन् ।

बढुवा समितिले दिने अंक हाबी !

प्रहरीको बढुवामा बढुवा समितिले दिने अंक ७ दशमलव ५ हाबी भएको हुँदा बढुवाको क्रममा आकांक्षीहरु अत्याधिक असन्तुष्ट हुने र आफु जसरी पनि बढुवा हुनको लागि बिभिन्न शक्तिकेन्द्र धाउने प्रवृतिलाई नियन्त्रण गर्न जरुरी छ ।

यसका लागि कार्यसम्पादन स्तर कमजोर भएका, कार्वाहीमा परेका र आचरणमा खोट लागेका बाहेक सबैलाई बढुवा समितिले दिने अंक समान हुनु पर्दछ । अरुको रोलक्रम मिचेर आफु अगाडि आउँदा अरुलाई अन्याय नहुने तर, आफु जसरी पनि रोल क्रममा अगाडि आईसके पछि अरुले रोल क्रम मिच्न नपाईने र मिचेमा आफुलाई अन्याय हुने र बिपत्ति नै हुने नेपाल प्रहरीमा सामान्य प्रवृति नै भएको छ ।

त्यसो त अहिले ब्ष्न बढुवा सामान्य बढुवा मात्र नभई आगामी ६ महिना पछिको प्रहरी संगठनको सम्भावित नेतृत्व चयन पनि भएकोले भौगोलिक तथा सामाजिक क्षेत्रको अधिकतम् कार्यगत अनुभव भएको र प्रहरी फिल्ड कमाण्डमा अधिकतम् अनुभव भएको, कार्यसम्पादनस्तर उत्कृष्ठ भएको, नेतृत्व गर्न सक्ने ब्यक्ति छनौट गर्न नसकेमा प्रहरी कमाण्ड फितलो हुन्छ ।

मिसन ८४ अन्तर्गतको बरियताक्रम के होला ?

२०५२ सालमा प्रहरी निरिक्षक पदमा भर्ना भई बरियता क्रममा १ नम्बरमा रहेका ध्रुबबहादुर राउत, २ नम्बरमा रहेका भोलाबहादुर रावल, ३ नम्बरमा रहेका गणेश चन्दलगायत ७ जनालाई पछाडी पारेर दुई वर्ष जुनियर २०५४ सालमा प्रहरी निरीक्षक पदमा भर्ना भई बरियता क्रममा ८ नम्बरमा रहेका दानबहादुर कार्की, ९ नम्बरमा रहेका मनोज केसी, र १० नम्बरमा रहेका राजन अधिकारीलाई रबि लामिछानेले गृहमन्त्री हुंँदा मिशन ८४ अन्तर्गत बरियताक्रमलाई मिचेर अगाडि तानेर बढुवा गरिएकोमा उक्त बढुवालाई नै हालको बरियताक्रम स्वीकार्ने वा नस्वीकार्ने ?

यदी उक्त बरियता क्रमलाई स्वीकार गर्ने हो भने अहिले उक्त समयमा छुटाई अन्यायमा पारिएका व्यवसायिक, कर्तब्यनिष्ठा र अनुभवी अधिकृतहरुलाई त्यसरी नै बरियता क्रममा अगाडि तानेर बढुवा किन नगर्ने ? रबि लामिछानेलाई प्रहरीको बरियता क्रम लागू नहुने र उसले मिचेर बनाएको बरियता क्रमलाई मानिदिनुपर्ने भन्ने विषयमा पनि चर्को कुरा उठेको छ ।

पछिल्लो समयमा नेपाल प्रहरीमा चुनौतिपूर्ण अवस्थामा फिल्डमा खटिई योगदान गर्ने, उत्कृष्ठ कार्यसम्पादन गर्ने, भौगोलिक तथा सामाजिक क्षेत्रको राम्रो अनुभव प्राप्त निष्ठावान व्यक्ति बढुवामा पछि परिरहेको तर, फिल्ड कमाण्ड तथा जोखिमयुक्त जिम्मेवारीमा जान नरुचाउने र हेड क्वाटरमा बसी टेबल वर्क गर्ने, अध्यायन मननमा बढी समय ब्यतित गर्ने अनि विभिन्न शक्ति केन्द्रको आडमा सरुवा बढुवामा लाभ लिने प्रवृति बढ्दै गएको कारण प्रहरी कर्मचारीको मनोबल कमजोर भई फिल्डमा कार्य सम्पादन स्तर खस्कदै गएको महशुस भएको छ ।

प्रहरीमा पढे–लेखेको व्यक्ति नचाहिने भन्ने होईन तर, धेरै पढे–लेखेको कुरा व्यक्ति बढी तर्क बितर्क गर्ने हुँदा फिल्डमा खटिँदाको अवस्थामा सही आंकलन गरी तत्काल निर्णय गर्न चुकेको उदाहरणहरु प्रशस्त छन् । प्रहरीमा फिल्डको व्यवहारिक ज्ञान पर्याप्त भएको काम गर्न सक्ने क्षमतावान व्यक्ति आवश्यक हुन्छ ।

एआईजी बढुवामा किन बढ्दैछ रोचकता ! ३ ब्याच डीआईजीको नजर

अझ एआईजी बनेमात्रै आईजीपीको ढोका खुल्ने हुँदा आकांक्षीबीच प्रतिस्पर्धा चलेको प्रसंग पनि उत्तिकै रोचक छ । अवकाशपछि सरकारले गर्ने संवैधानिक नियुक्तिमा एआईजीपी/एआईजी योग्य मानिने हुँदा रस्साकसी चुलिएको हो ।

प्रहरीमा जनपद समूहतर्फ ८ एआईजीको दरबन्दी छ । तर, ६ वटा विभाग भने अहिले एआईजीविहीन छन् । जसमा मानव स्रोत विभाग, प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) एआईजी बिहिन छन् । लामो समयसम्म प्रहरीका उच्च पदहरु खाली हुँदासमेत बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन ।

एआईजी बढुवाका लागि गृहसचिवको नेतृत्वको बढुवा सिफारिस समिति रहने व्यवस्था छ । प्रहरी नियमावली २०७१ को दफा २७ (१) को (क) अनुसार बढुवा सिफारिस समितिमा गृहसचिवका साथै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव (सदस्य) र प्रहरी महानिरीक्षक (सदस्य सचिव) रहने व्यवस्था छ ।

तर, यो बढुवा सिफारिस समितिले अहिलेसम्म एआईजीको बढुवाको गृहकार्य गरेर सिफारिस प्रक्रिया अघि बढाउन सकेको छैन । ५ चैतमा गृह मन्त्रालय सिंहदरबारमा आईजीको दज्र्यानी चिह्न लगाएपछि बढुवा न्यायोचित बनाउने उद्घोष दीपक थापाले गरेका थिए ।

कार्यक्षमताको उचित मूल्यांकन गरिने बताउँदै उनले वृत्ति, विकास र पदोन्नतिको समयमा प्रहरी कर्मचारीले कुनै प्रकारको दुःख पीडा भोग्न नपरोस् भन्नेतर्फ हरदम सजग रहने उनको भनाइ थियो । त्यही रिक्त दरबन्दीका लागि तीन ब्याचका एक दर्जनभन्दा बढी प्रहरी नायव महानिरीक्षक (डीआईजी) यतिखेर दौडधूपमा लागेका हुन् ।

एआईजी बढुवाका लागि उनीहरू शक्ति–केन्द्रका दैलो धाउँदै गुहार्दै छन् । गृह मन्त्रालयका सचिव नेतृत्व रहेको बढुवा समितिको सिफारिसका आधारमा सरकारले बढुवा गर्ने कानुनी व्यवस्था छ । प्रहरीमा बढुवाका लागि व्यवसायिकता र वरिष्ठता मात्रै हेरिने परम्परा हराएपछि रकम,कलमसहित शक्ति केन्द्रको प्रभाव बढ्ने क्रम बढ्दो छ । ६ जना एआईजीका लागि २०५३ र २०५४ मा भर्ना भएकाहरू तीव्र लबिइङमा छन् ।

एआईजीको बलिया प्रतिस्पर्धीमा मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्य, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का चन्द्रकुवेर खापुङ, वाग्मती प्रदेश प्रहरी प्रमुख कृष्णहरि शर्मा छन् । उनीहरू हालका आईजीपी दिपक थापाकै ब्याची हुन् । तर, नियुक्ति फरक–फरक मितिमा लिएका थिए । उनीहरूपछि २०५३ मा भर्ना भएका टोली र २०५४ मा भर्ना भएका टोलीहरू प्रतिस्पर्धामा छन् ।२०५३ मा भर्ना भएका डीआईजी सिद्धिविक्रम शाह, उमा चतुर्वेदी, डम्बर बिक, सुशीलसिंह राठौरसहित छन् ।

त्यस्तै, २०५४ का टोलीहरूबाट लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी दानबहादुर कार्की, मनोज केसी र कोसी प्रदेश प्रमुख डीआईजी राजन अधिकारी छन् । उनीहरू डीआईजीमा फरक–फरक मितिमा बढुवा भएका थिए ।

एआजी बढुवाको उत्तम बिकल्प

छ सिट एआईजि पद मध्य दुई सिटमा २०५२ भर्ना भएका चन्द्रकुबेर खापुङ्ग र लालमणी आचार्यलाई अहिले बढुवा गर्ने र बाँकी ४ सिटमा सकेसम्म २०५४ मा नेपाल प्रहरीमा भर्ना भएका मध्येबाट गर्ने, आउँदो जेष्ठ ११ गतेपछि लालमणी आचार्य उमेरका कारण अवकाश हुने हुँदा उक्त स्थानमा २०५२ सालमा भर्ना भएका कृष्णहरी शर्मालाई बढुवा गर्ने ।

कृष्णहरी शर्मा पोख्रेल आउँदो भदौ १५ गते उमेर हदका कारण अवकाश पाउने हुँदा एआईजी एक महिनापछि हुंदा कुनै असर नपर्ने । २०५३ सालमा राष्ट्रिय अनुसन्धानमा भर्ना भई २०५८ सालमा नेपाल प्रहरीमा आएका अधिकृतहरु नेपाल प्रहरीमा भौगोलिक अनुभव तथा तालिमको अनुभव समेत कमी छ, उनीहरु २०५४ साल र २०५६ सालमा नेपाल प्रहरीमा नियुक्त भएका दुई ब्याचका नेपाल प्रहरीका अधिकृत भन्दा जुनियर हुन् । साथै नेपाल प्रहरीमा उनीहरुको फिल्ड कमाण्ड अनुभव न्युन, विवादित र कार्यसम्पादनस्तर समेत कमजोर भएकोले उनीहरुलाई प्रहरी संगठनको सर्बोच्च नेतृत्व वा आईजिपी बनाउन उपयुक्त हुंदैन भन्ने आवाज पनि उठिरहेको छ ।

यस्तो भएमा प्रहरीमा ठुलो असन्तुष्टि भई कमाण्ड कन्ट्रोल समेत फितलो हुन्छ । बरु उनीहरुलाई भदौ पछि खालि हुने ५ सिट एआईजीमा बढुवा गर्दा उपयुक्त हुन्छ । यसरी बढुवा गर्दा कसैलाई पनि अन्याय नहुने तथा सबैको सम्मानजनक र सर्बोत्तम व्यवस्थापन हुने देखिन्छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.